Aarthikaina
भारतीय नागरिकलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल घुम्न आउने भारतीय नागरिकहरुलाई लुटपाट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौंको एकान्तकुना बस्ने सिन्धुपालचोक घर भएका ३६ वर्षीय राज कुमार घिसिङ पक्राउ परेका हुन् ।

भारतीयहरुलाई होटल सस्तो मिलाई दिन्छु भनि प्रलोभनमा पारी होटलमा लगि कुटपिट गरी धाकधम्की दिई लुटपाट गरेको अभियोगमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । प्रहरीका अनुसार घिसिङलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाईएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update