Aarthikaina
दुबई पठाई दिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर बस्नेहरु चितवन रत्ननगर घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर हेटौंडा उपमहानगरपालिका घर भएकी ३३ वर्षीया चमेली चुहान रहेका छन् ।

उनीहरूले एक जनालाई वैदेशिक रोजगारीको लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले नविनलाई काठमाडौं नयाँबानेश्वरबाट र चुहानलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update