Aarthikaina
अरविन्द सिहंको नेतृत्वमा इक्यान ललितपुरमा सर्वसम्मत कार्यसमिति चयन
Manakamana Cable Car

ललितपुर । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको ८औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनमार्फत अरविन्द सिहंको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको छ ।

नयाँ कार्यसमितिमा अध्यक्षमा अरविन्द कुमार सिंह, उपाध्यक्षमा बिरेन्द्र बज्राचार्य, सचिवमा सनम कुमार महर्जन, कोषाध्यक्षमा मुकुन्द बजगाई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा अजित कुमार थापा, विनोद कुमार भट्टराई, दिवस महर्जन, योजना हमाल रहेका छन् ।

इक्यान केन्द्र र शाखाको पहलमा सर्वसम्मत कार्यसमितिको निर्वाचित गरिएको निवर्तमान अध्यक्ष उपेन्द्र देव ढकालले जानकारी दिए । अध्यक्ष सिंह यसअघि ललितपुर शाखाको उपाध्यक्ष थिए ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update