Aarthikaina
राजपरिवारको कथामा ‘राजमहल’ चलचित्र निर्माण घोषणा

काठमाडौं । ऐतिहाँसिक राजपरिवारको कथामा चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार माघको पहिलो हप्ताबाट चलचित्र छायांकन हुँदैछ । चलचित्र नेपाल, अष्ट्रेलिया र न्युजिल्यान्डमा छायांकन हुने भएको छ ।

चलचित्रमा सरोज खनाल, मिथिला शर्मा तथा अर्जुन श्रेष्ठ जस्ता चिरपरिचत अनुहार सहित रेशम गुरुङ, अजय कुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी पनि यो सिनेमाका अन्य चारित्रिक भूमिकामा देखिदैछन् ।

Manakamana Cable Car

सबिन कुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने सिनेमामा अभिनेत्री आँचल शर्मा पृथक भूमिकामा देखिदैछिन् । सिनेमामा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पविले पनि यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्दैछन् ।

करिब चार करोड बजेटमा बन्ने भनिएको सिनेमाको माघ पहिलो साता देखि अष्ट्रेलियाबाट छायांकन सुरु गर्दै न्युजिल्यान्ड सम्म पुगेर केही सिन खिचिने छ भने बाँकी ७० प्रतिशत छायांकन नेपालमा गरिने छ । पुरुषोत्तम प्रधानले खिच्ने सिनेमामा अर्जुन पोखरेल र बाबुल गिरिले संगीत भर्ने छन् ।

निर्देशक समेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको ‘राजमहल’का मुख्य निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ्ग रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युबराज कार्की जोडिएका छन् । त्यसैगरी सह-निर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अष्ट्रेलिया तर्फबाट सहकार्य गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update