Aarthikaina
डाबर नेपालले गर्‍यो इजी हेल्थकेयर फाउन्डेसनलाई २५ लाख सहयोग

काठमाडौं । डाबर नेपालले बर्न इन्जुरीजको रोकथाम तथा उपचारको लागि राष्ट्रिय कार्यक्रम (एनपीपीटीबीआई)लाई समर्थन गर्ने संस्था इजी हेल्थकेयर फाउन्डेसन(इएचसीएफ)लाई २५ लाख रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा डाबर नेपालका अध्यक्ष तथा एमडी ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस प्रमुख हरकिरत बेदीले सो रकम फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

एचआर प्रमुख अनिल पुरी, इएचसीएफका निर्देशक रोहित रौनियार, इएचसीएफका संरक्षक उज्ज्वल विक्रम थापाको उपस्थितिमा इएचसीएफका संस्थापक अध्यक्ष अखिल शाक्यलाई २५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

नेपालमा स्वास्थ्य पूर्वाधारलाई सहयोग गर्ने प्रतिबद्धतासहित डाबर नेपालले आफ्नो सीएसआर पहल अन्तर्गत एचसीएफलाई उक्त रकम प्रदान गरेको बताएको छ । इएचसीएफसँग हात मिलाएर डाबर नेपालले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वलाई आगोको चोटहरूको रोकथाम तथा उपचारमा योगदान पुर्याउने बताएको छ ।

यो रणनीतिक साझेदारीले सामाजिक कल्याणको लागि साझा समर्पणलाई जोड दिन्छ र स्वास्थ्य केन्द्रित पहलहरूको प्रभावलाई बढाउने डाबर नेपालको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ०४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update