Aarthikaina
प्युठानमा जीप दुर्घटनाबाट एकको मृत्यु, चार जना घाइते
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

प्युठान । स्वर्गद्वारी नगरपालिका–५ आमडाँडास्थित सडकमा लु.२ च ६१ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्दा जीपमा सवार एकको मृत्यु भएको छ । बिहीबार दिउँसो दुर्घटना हुँदा जीपमा सवार सोही नगरपालिका–५ डाँडागाउँ बस्ने ६८ वर्षीया झमी घर्ती मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य चार जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update