Aarthikaina
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । हत्या गरी फरार अभियुक्त अर्घाखाँची घर भएका ३७ वर्षीय अंकित भन्ने जगत बिकलाई घटनाको सात वर्षपछि प्रहरीले पक्राउ गरेको छ । बिक समेतले २०७४ पुस ३० गते मकवानपुर हाँडिखोला घर भएकी ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिनाको काठमाडौं महानगरपालिका–१४ भुवनेश्वरी मन्दिर परिसरभित्र हत्या गरी फरार भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । साथै, सोही घटनामा संलग्न रहेका धादिङ साविक मुलपानी गाविस–७ घर भएका ४६ वर्षीय शिवराम अधिकारी नकबजनी चोरी मुद्धामा नाम परिवर्तन गरी अर्जुन अधिकारीको नाममा जेल सजाय भोगिरहेको खुल्न आएको छ । प्रहरीका अनुसार जगतलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update