Aarthikaina
माओवादीको विधान सम्मेलन फागुन पहिलो सातामा, मस्यौदा समिति गठन
Manakamana Cable Car

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो सातामा हुने भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरिएको हो ।

उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार विधान मस्यौदाका निम्ति सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् ।

माओवादीले यसअघि तीनमहिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्‍याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update