
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँड शुक्रबार सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको शेयर बाँडफाँट गरिएको हो । कम्पनीले गत फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १८ लाख ४५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
सो शेयरमा कुल १८ लाख १७ हजार एक सय ४८ जनाले दुई करोड २४ लाख ४६ हजार तीन सय ५० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार तीन सय ८६ आवेदन रद्द भयो भने बाँकी १८ लाख ६ हजार सात सय ६२ आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ । जसअनुसार कुल एक लाख ८४ हजार पाँच सय आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
आवेदकले माइक्रो इन्स्योरेन्सको आइपिओ रिजल्ट कम्पनी तथा बिक्री प्रबन्धकको वेभसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सक्ने छन् ।