
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित इन्टरनेट योजना उच्च गतिको भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको छ ।
कम्पनीका अनुसार साम्बा प्याकअन्तर्गत ५० एमबीएपीएस, १०० एमबीएपीएस, २०० एमबीएपीएस र ३०० एमबीएपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा १०० एमबीएपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने छन् । १०० एमबीएपीएस को मूल्य ८ हजार ५०० (कर सहित)बाट सुरु हुनेछ ।
भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ । जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ । उनको समर्पण, दृढता र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्य- गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब हो ।
यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो । यो सेवा मर्च ९, २०२५ मा सार्वजनिक गरिँदै छ ।