Aarthikaina
डंगोललाई भत्तेरचौर डोजोको सम्मान

काठमाडौं । भत्तेरचौर सितोरियो कराते डोजोले जेएम ३० ग्रुप टोखाका अध्यक्ष शैलेन्द्र डंगोललाई सम्मान गरेको छ । टोखा नगरपालिका वडा ३ निवासी डंगोललाई भत्तेरचौर डोजोलाई अगाडि बढाउन र युवा समाजसेवीको रूपमा अतुलनीय सहयोग प्रदान गरेको योगदानको कदर गर्दै सम्मान गरिएको डोजोले जनाएको छ ।

भत्तेरचौर सितोरियो कराते डोजोका अध्यक्ष कृष्णकुमार पौडेल र डोजोका प्रमुख सल्लाहकार रघुवीर सिंह साउदले डंगोललाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

सम्मानित डंगोलले सम्मान गरेकोमा भत्तेरचौर सितोरियो कराते डोजोका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई हार्दिक आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा डोजोका मुख्य प्रशिक्षक सुदिप आचार्य, सहायक प्रशिक्षक श्रीकृष्ण आचार्य, सहायक प्रशिक्षक अनिल कर्माचार्य, डोजोका पदाधिकारी, खेलाडीलगायतको उपस्थित थियो ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ०५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update