सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दिनेशले सशस्त्र प्रहरी बल नेपालका सात जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने विश्वास तथा प्रलोभन देखाई रकम ठगी गरेका थिए । उक्त ठगी गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको फर्पिङबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ २१:०९
प्रतिक्रिया दिनुहोस्