Aarthikaina
अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने महिला पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गर्ने एक महिला पक्राउ परेकी छन् । रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका बस्ने ३२ वर्षीया शर्मिला बिष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

अमेरिका पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख ५० हजार रूपैयाँ लिई शर्मिला सम्पर्कबिहीन भएकी थिइन् । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टेकुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update