-1739774030.jpg)
काठमाडौं । ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो शाखा बनस्थलीस्थित चमती चोकमा खुलेको छ । सक्किगोनीका चर्चित दुई कलाकार सागर लम्साल(बले) र पुरुषोत्तम आचार्यले बिहिबार उक्त सलुनको उद्घाटन गरेका हुन् ।
लामो समयदेखि टेलिफिल्म, म्युजिक भिडियो तथा फिल्ममा मेकअप आर्टिष्टको रुपमा काम गर्दै आइरहेका मेकअप आर्टिष्ट विक्रम गौतमले उक्त सलुन खोलेका हुन । यसअघि उनले कपनमा बि स्टार सलुनको सुरुवात गरेका थिए । बनस्थलीमा सुरु गरिएको उक्त शाखा उद्घाटनको दिन नि:शुल्क कपाल काट्ने व्यवस्था गरिएको थियो ।
सो अवसरमा कलाकार बलेले बेलाबखत कपाल दारी मिलाउन आफू कपनमा रहेको बि स्टारमा जाने गरेको बताए । पुरुषोत्तम आचार्यले युवा व्यवसायी विक्रमले सलुन खोलेर रोजगारी सिर्जना गरेको भन्दै मेकअप आर्टिष्ट गौतमलाई शुभकामना दिए । गौतमले ‘सक्किगोनी’ सिरियल तथा आगामी फागुन १४ गते रिलिज हुने चलचित्र ‘लाज शरणम्’ मा मेकअप आर्टिष्टको रुपमा काम गरेका छन् ।