Aarthikaina
बाइक उत्सव स्पीड फेस्टमा बजाजको एन २५० मोडल लन्च 

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा भव्य रूपमा सम्पन्न भयो । उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो ।

मोटरसाइकल प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दाबढी सुपर बाइक प्रदर्शनी, ग्रान्ड बाइक र्याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत विभिन्न रोमाञ्चक कार्यक्रमहरू समावेश थिए । त्यसैगरी यस वर्षको स्पीड फेस्टमा हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिद्वारा वितरित बजाज, केटिएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहेको थियो । 

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

बजाज एन २५० को भव्य लन्च स्पीड फेस्ट २०२५ को प्रमुख आकर्षण बन्न सफल रहेको थियो । यो मोटरसाइकलमा पावर, आधुनिक प्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ । बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ । यसमा डुअल च्यानल एबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउने जनाइएको छ । 

बजाज एन २५० को लन्चले बाइक प्रेमीहरूलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकल अनुभव गर्ने अवसर पनि प्रदान गरेको कम्पनीले जनाएको छ । साथै, हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइक प्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update