हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार सात सय ७३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ८.७५ नगद लाभांश दिने प्रस्ताव गरेको हो । सो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिने छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ ११:४३
प्रतिक्रिया दिनुहोस्