Aarthikaina
काठमाडौं प्रहरी परिसर प्रवक्तामा एसपी बोहरा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक अपिल राज बोहराले पाएका छन् ।

काठमाडौं प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले हिजो बुधबार एसपी बोहरालाई सूचना अधिकारी एवं प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

Berger Paints Nepal
City Express - Money Transfer
NLG Insurance

जिल्ला प्रहरी परिसरद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ र तथ्यगत सम्प्रेषण गर्न बोहरालाई प्रवक्ता तोकिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

एसपी बोहरालाई मोबाइल नम्बर ९८५१२२६९८३ वा इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update