Aarthikaina
एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा जनकपुर बोल्टस पराजित

काठमाडौं । विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । जनकपुर बोल्टसलाई आठ विकेटले पराजित गर्दै सुदुरपश्चिम रोयल्स पहिलो संस्करणको एनपीएलको फाइनलमा स्थान पक्का गरेको हो ।

जनकपुरले दिएको १४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक/एक विकेट लिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सविरुद्धको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले टस जितेको थियो । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो । जनकपुरका लागि जिमि निशामले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२/१२ तथा कप्तान आसिफ शेख र अर्निको यादवले समान ११/११ रन बनाए ।

बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक/एक विकेट लिए । पराजित जनकपुरले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्ने छन् ।

जनकपुर बोल्ट्सको प्लेइङ-११ मा आसिफ शेखसहित आकाश त्रिपाठी, लाहिरु मिलान्था (विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कंसाकार, मोहम्मद मोहसिन, शेर मल्ल, अरनिको यादव, किशोर महतो र ललित राजवंशी छन भने सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ मा  दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भण्डारी (विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर छन् । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update