Aarthikaina
एनपीएल: काठमाडौं गोर्खाजद्वारा विराटनगर किङ्स एक विकेटले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौंले १८ दशमलव एक ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो ।

काठमाडौंका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बलमा दुई छक्का र दुई चौकाको मद्दतले ३९ रन बनाएका हुन् । शङ्कर रानाले अविजित रहँदै १६, रासिद खानले १४, गेर्हार्ड इरास्मसले १२, दिपेश कँडेलले अविजित ११ र माइकल लेविट १० रनको योगदान दिए । यस्तै, काठमाडौंको लागि शाहब आलमले दुई रन जोड्दा स्टीफन एस्किनाजी, भीम सार्की र डेन डउथवेटले समान एक/एक रन बनाए । काठमाडौंले अतिरिक्त १३ रन प्राप्त गर्यो ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट हात पारे । यस्तै, क्रिस सोल, बसिर अहमद र अनिल खरेलले समान दुई/दुई विकेट हात पारे । त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । विराटनगरको लागि राजेश पुलामीले सर्वाधिक २५ रन बनाए । उनले २१ बलमा एक छक्का र एक चौकाप्रहार गर्दै २५ रन बनाएका हुन् ।

यस्तै, दिपक बोहराले २०, स्कट एडवर्ड्सले १५, बसिर अहमदले १३ र निकोलस किर्टनले १२ रन जोडे । विराटनगरका लागि लोकेश बमले ८, सुवास भण्डारीले ६, इस्मत आलमले ५ र क्रिस सोलले एक रनको योगदान दिए । विराटनगरले अतिरिक्त १२ रन प्राप्त गर्यो । बलिङतर्फ काठमाडौंको लागि गेर्हार्ड इरास्मसले सर्वाधिक ३ विकेट हात पारे । यस्तै, दिपेश कँडेलले २ विकेट लिँदा कप्तान करण केसी, शाहब आलम र डेन डउथवेटले एक/एक विकेट लिएका थिए । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update