Aarthikaina
एनपीएलमा काठमाडौं गुर्खाजद्वारा पोखरा एभेञ्जर्स ६ विकेटले पराजित 
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आज भएको पहिलो खेलमा काठमाडौं गुर्खाजद्वारा पोखरा एभेञ्जर्स ६ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको एक सय ३९ रनको लक्ष्य काठमाडौंले १४ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो । 

यो जितसँगै काठमाडौं गुर्खाज प्लेअफ नजिक पुगेको छ । काठमाडौंको जितमा स्टेफन स्किनाजीले अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्ने क्रममा १० चौकासहित ६० रनको योगदान दिए । त्यसबाहेक माइकल लेभिटले ३२, गेर्हार्ड एरासमुसले अविजित २५ र भीम सार्कीले २२ रनको योगदान दिए । पोखराका लागि विपीन खत्रीले तीन विकेट लिए भने मिचेल लेस्कीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ रन बनाएको थियो । पोखराका लागि रेमन रेफरले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले ४१ रन बनाए । दिनेश खरेलले ३८ र दिलीप नाथले २७ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्कको रन जोड्न सकेनन् । गोमेलले आठ, कप्तान कुशल भुर्तेलले सात, विपीन खत्रीले चार, सागर ढकाल र माइकल लीस्कले समान एक/एक रन जोडे । पोखरालाई मध्यमक्रममा समेट्ने क्रममा काठमाडौंका लागि कप्तान करण केसी र रासिद खानले समान तीन/तीन विकेट लिए । यस्तै, गेर्हार्ड इरास्मस र माइकल लेविटले एक/एक विकेट लिए ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update