Aarthikaina
धरहराबाट एक सातामै उठ्यो करिब १५ लाख राजस्व

काठमाडौं । पुन:निर्माण सम्पन्नपछि धरहराबाट एक सातामा १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ । २०७२ सालको भूकम्पले पूर्ण क्षति भएको ऐतिहासिक धरहराको पुन:निर्माणपछि यहि मंसिर ९ गतेदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको थियो । धरहराबाट यही १६ गते आइतबारसम्म १४ लाखभन्दा बढी राजस्व सङ्कलन भएको हो ।

कामु आयोजना निर्देशक प्रकाश अर्यालले बुधबार बन्द हुने र अन्य दिन दैनिक करिब एक हजार दुई सयले धरहरा चढ्ने गरेको बताए । उनका अनुसार ९ गतेदेखि हालसम्म आठ हजार तीन सय १६ जनाले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन । बिहान साढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

धरहरा चढ्न प्रतिव्यक्ति शुल्क दुई सय रुपैयाँ तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउछन् । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार शुल्क तोकिएको छ ।

धरहरा परिसरमा पार्किङ गर्दा चार पाङ्ग्रेका लागि प्रतिघण्टा २० र दुई पाङ्ग्रेलाई १० रुपैयाँ तोकिएको छ । यस्तै, धरहरा परिसरमा प्रवेशका लागि भने ५० रुपैयाँ निर्धारण गरिएको छ । धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा पाँच हजार रुपैयाँ तोकिएको छ । व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघण्टा एक हजार रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update