Aarthikaina
एनपिएल: सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदुरपश्चिम रोयल्स र एक्स-एजबीच प्रायोजन सम्झौता भएको छ । रोयल्सले ग्याजेट पार्टनरको भूमिकामा एक्स-एजसँग शुक्रबार सम्झौता गरेको हो ।

सम्झौतामा रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र एक्स-एज नेपालका निर्देशक श्रीमान सवार्थियाले हस्ताक्षर गरेका हुन् ।सम्झौतापछि बोल्दै सिइओ खड्काले रोयल्सको एनपिएल यात्रामा सहयात्री बनेकोमा एक्स-एजलाई धन्यवाद दिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

एक्सएजका निर्देशक सवार्थियाले सुदूरपश्चिम रोयल्स एनपिएलमा निकै चर्चित रहेको र साथ दिन पाउँदा खुसी लागेको बताए ।  उनले सुदूरपश्चिमका समर्थकका लागि एनपिएल दौरान विशेष योजना पनि ल्याउने जानकारी दिए ।

सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।

क्यानको‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ । सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा छन् ।

सुदुरपश्चिम रोयल्स टिममा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद, अमित श्रेष्ठ, वसन्त खत्री, ब्रान्डन मक्मलेन (स्कटल्यान्ड), सेफ अलि जेब (इंग्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (यूएई) छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  २१:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update