Aarthikaina
१६ वटा चेक चोरी गरी दुई लाखबढी रकम सटही गर्ने दुई जना पक्राउ

काठमाडौं । चेक चोरी गरी पैसा सटही गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी राजविराज नगरपालिका खर्साल टोल बस्ने १९ वर्षीय सुमित सागर यादव र २३ वर्षीय टंक प्रसाद यादव रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मंसिर ७ गते बुढीगंगा गाउँपालिका-४ स्थित मनमोहन स्मृति पोलिटेक्निक परिसरको लेखा शाखाको कोठा भित्रबाट विभिन्न बैंकका हस्ताक्षर गरेको ६ वटा र खाली चेक ८ वटा गरी जम्मा १६ वटा चेकहरू चोरी गरेका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

उक्त चेकहरु मध्ये एभरेष्ट बैंकको चेकबाट कीर्ते सहि छाप गरी उक्त बैंकको विभिन्न शाखाबाट २ लाख ६६ हजार ६ सय ९२ रूपैयाँ सटही गरेको र एभरेष्ट बैंक दुहवी सुनसरी शाखाबाट सटही गर्ने क्रममा बैंकलाई शंका लागि प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत मोरङबाट चोरीसम्बन्धी मुद्दामा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update