Aarthikaina
जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भन्दै ब्ल्याकमेल गर्ने तीन जना पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । हनि ट्रयापमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका घर भई भक्तपुरको नयाँठिमी बस्ने २५ वर्षीया समृदी मगर, काभ्रे भुम्लु गाउँपालिका कोशीपारी ठेगाना भएका काठमाडौंको स्वयम्भू बस्ने ३० वर्षीय दिपेन्द्र दर्जी र भक्तपुरको नयाँठिमी बस्ने २५ वर्षीया बर्षा दर्जी रहेका छन् ।

प्रहरीका अनुसार आपराधिक लाभ लिने उद्देश्यले योजनाबद्ध तवरले मेडिकल सेवा प्रदान गर्ने व्यक्तिलाई बर्षाले घाउ ड्रेसिङको लागि अनलाइनबाट सम्पर्क गरी मंसिर ६ गते कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनि डर त्रास देखाई मोल मोलाई गरेर ब्ल्याकमेल गरी रकम असुली गरेकी थिइन् । उक्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न समृदी र दिपेन्द्र दर्जीलाई मंगलबार तथा बर्षालाई बुधबार भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट एनआईसी एसिया बैंकको बर्षा दर्जीको नाममा काटिएको ७५ हजार रूपैयाँको चेक एक थान, नगद २० हजार पाँच सय र मोबाइल चार थान बरामद गरेको छ । उनीहरूलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १४:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update