Aarthikaina
भारतमा एथर ४५० एपेक्सको बुकिङ सुरु

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता एथर इनर्जीले नयाँ इलेक्ट्रीक स्कुटरको बुकिङ खुल्ला गरेको छ । कम्पनीले आफ्नो आधिकारिक शोसल मिडिया पेज मार्फत भारतमा ‘एथर ४५० एपेक्स’ स्कुटरको बुकिङ खुल्ला गरेको हो ।

आधिकारिक रुपमा ‘एथर ४५० एपेक्स’ स्कुटर सार्बजनिक भएको छैन । तर, कम्पनीले केहि दिन अघि त्यसको टीजर भने सार्वजनिक गरेको थियो । भारतमा अहिले ‘एथर ४५० एपेक्स’ बुकिङ गर्न चाहने ग्राहकले कम्पनीको आधिकारिक वेभसाइट मार्फत २ हजार ५०० रकम तिरेर बुक गर्न सक्ने छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

कम्पनीले नयाँ स्कुटरको बारे कुनै जानकारी भने दिएको छैन । टीजरमा देखिए अनुसार ४५० एपेक्स एथरको अहिलेसम्म कै उत्कृष्ट स्कुटर हुने अनुमान गरिएको छ ।

नयाँ टेक्नोलोजी, रिजेनेरेटिभ ब्रेकिङ सिस्टम, पुरा एलइडी लाइट, ट्रान्सपरेन्ट प्यानलले गर्दा स्कुटरको डिजाइन लुक्स निकै आकर्षक देखिन्छ । एथरको नयाँ स्कुटरको पर्फमेन्समा पनि निकै राम्रो हुने अनुमान गरिएको छ ।

एथर ४५० एपेक्स आधिकारिक बिक्री सन् २०२४ मार्च महिनाबाट सुरु हुनेछ । एथर नेपाली बजारमा केही महिना अघि मात्रै प्रबेश गरेको छ । यसलाई बैद्य इनर्जी कम्पनीले आधिकारीक बिक्रेता बनेर नेपाल ल्याएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update