Aarthikaina
धितोपत्र बोर्डको अध्यक्षमा श्रेष्ठ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

उक्त बैठकले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहितको प्रतिनिधि मण्डलको चीनको भ्रमण स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वतयारीका लागि चीन जाँदैछिन् । 

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update