काठमाडौं । क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म(पाँच वर्ष)को मुख्य प्रायोजकको रुपमा सिद्धार्थ बैंक लिमिटेड आवद्ध भएको छ । क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक संचालक समितिका अध्यक्ष मनोज कुमार केडिया, संचालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पौष ६ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन युनिभर्सिटी अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ । नेपालको क्रिकेट जगतलाई थप उचाइमा पुर्याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोज कुमार केडियाले व्यक्त गरेका थिए । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृतले मन्तव्य प्रस्तुत गर्दै बैंकको यस समन्वयले नेपालमा क्रिकेटको स्तर नयाँ उचाइमा पुर्याइ देशको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउन मद्दत पुग्ने धारणा व्यक्त गरेका थिए ।
पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्यधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको पाँच वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो । यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।