Aarthikaina
जर्मनीमा निराजन र इजिकेललाई पदक

काठमाडौं । आईसीओ वर्ल्ड कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ कांस्य गरी ३ पदक जितेका छन् ।  जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा निराजन मुक्तानले दोहोरो स्वर्ण जित्दा इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले जनाएका छन् ।

महासचिव गुरुङका अनुसार निराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जितेका हुन् । त्यसअघि उनले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराएका थिए । निराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जितेका हुन् । यो स्पर्धामा निराजनले जर्मनी, युक्रेन, साइप्रस, इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पारेका थिए ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पारे । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसंग पराजित भए । अघिल्ला चरणमा भाइब बक्सिङ क्लबका प्रशिक्षक समेत रहेका इजिकेलले इङल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पाखा लगाएका थिए ।

इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन आईसीओ, जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका ७ सय ५ खेलाडीको सहभागिता रहेको आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष समेत रहेका महासचिव गुरुङले जनाएका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  १८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update