Aarthikaina
काष्ठमण्डप कप फुटसलमा जोन डेवी फाइनलमा

काठमाडौं । जोन डेवी दोश्रो काष्ठमण्डप कपअन्तर्गत फुटसलको सिनियर गर्ल्समा आइतबार फाइनलमा प्रवेश गरेको छ । मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सेमिफाइनलमा जोन डेवीले काष्ठमण्डपलाई २–० गोलले पराजित गर्यो । उपाधिका लागि जोन डेवीले टीआईए र काठमाडौं वल्र्ड स्कुलको विजेतासंग खेल्ने छ ।

सिनियर ब्वाइजको फुटसलमा काठमाडौं प्रज्ञाकुञ्जले विल्सन एकेडेमीलाई १–० गोलले हराउदै फाइनलमा स्थान सुरक्षित गर्यो । काष्ठमण्डप र चेल्सी वल्र्ड स्कुल सेमिफाइनलमा पुगे । जुनियर ब्वाइजको फुटसलमा काष्ठमण्डप र एनसीसीएसले सेमिफाइनल यात्रा तय गरे । २ टोलीको टुंगो लाग्न बाँकी छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

बास्केटबलको ब्वाइजमा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले एलआरआईलाई ५३–३९, क्याम्पियन एकेडेमीले एनबीएफएलाई ४५–२४ र विल्सनले काष्ठमण्डपलाई ५५–२५ ले पाखा लगाउदै सेमिफाइलनमा स्थान पक्का गरे ।

टीआईए प्रतिद्वन्द्वीबाट वाकओभर पाउदै सेमिफाइनलमा पुग्यो । सेमिफाइनल बीआईएस र विल्सन तथा क्याम्पियन र टीआईएबीच हुनेछ । गर्ल्सको सेमिफाइनलमा काष्ठमण्डप र चाँदबाग तथा एनसीसीएस र बीआईएस भिड्ने छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update