Aarthikaina
पाँचौं इन्डो–नेपाल वादोरियो कराते काठमाडौंमा सुरु, वर्दान र अन्जन फाइनलमा

काठमाडौं । पाँचौं इन्डो–नेपाल वादोरियो कराते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । आईतबार प्रमुख अतिथी नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पाले एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा १ सय ७० खेलाडीको सहभागिता रहेको छ । 

नेपाल वादोरियो कराते डो संघको आयोजनामा बसुन्धरास्थित विशाल भवनमा भएको प्रतियोगिताको पहिलो दिन वर्दान मोक्तान र अन्जन मगर पुरुष ५० केजीमुनिमा फाइनल प्रवेश गरेका छन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

वर्दानले रोहित मगर तथा अन्जनले सुजन तामाङलाई पराजित गरे । महिला खुला तौलसमूहमा जिमी राईले रेजिना सुनुवार तथा उर्सला पहरीले इरासिंह तामाङलाई पाखा लगादै फाइनलमा स्थानमा सुरक्षित गरे । सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने सबै खेलाडी नेपालका हुन् ।

आयोजक संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेललका अनुसार यो सहित प्रतियोगितामा समावेश जम्मा १९ स्पर्धा मध्ये १५ स्पर्धाको सेमिफाइनल सम्पन्न भएको छ । बाँकी ४ स्पर्धाको क्वाटरफाइनल चरणका खेल सकिएको छ ।

प्रतियोगितामा भारत सहितका देशबाट खेलाडीको सहभागीता रहेको आयोजक संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीले जनाएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ०३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update