Aarthikaina
शाओमीको दशैं तिहारको बबाल अफर

काठमाडौं । शाओमीले नेपालमा आउँदो चाडपर्वलाई मध्यनजर गर्दै विशेष अफर लिएर आएको छ । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ योजनाअन्तर्गत ग्राहकहरुले आफ्ना लेटेस्ट मोडेलहरुको खरिदमा चार हजारसम्मको छुट पाउनसक्ने कम्पनीले बताएको छ । 

यस चाडपर्व विशेष अफर भाद्र ३० देखि कार्तिक ३० सम्म लागू हुनेछ । अफरको बारेमा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘शाओमीका स्मार्ट फोनहरुले हाम्रा ग्राहकहरूको यसपालीको चाडपर्वलाई विशेष बनाओस् भन्ने हाम्रो चाहना हो । ‘दशैं तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ क्याम्पेन हामीले यसैको लागि ल्याएका हौं । हामी विश्वास गर्छौं कि नयाँ प्रविधिमा सबैको पहुँच पुग्नुपर्छ र त्यसको लागि यस्तो अफरहरु प्रभावकारी हुन्छन भन्ने हाम्रो विश्वास रहेको छ ।’

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

रेड्मीको अफरमा रेड्मी नोट १३ (६/१२८ जीबी)को पुरानो मूल्य २४ हजार नौसय ९९ रहेकोमा हालको अफर मूल्य २३ हजार चार सय ९९ मात्र रहेको छ । त्यस्तै, (८/२५६ जीबी) को पुरानो मूल्य २७ हजार नौ सय ९९ रहेकोमा अफर मूल्य २५ हजार नौ सय ९९ रुपैयाँ मात्र रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो(८/२५६ जीबी)को पुरानो मूल्य ३४ हजार नौ सय ९९ रहेकोमा अफर मूल्य ३२ हजार नौ सय ९९ रहेको छ भने (१२/५१२ जीबी)को पुरानो मूल्य  ३९ हजार नौ सय ९९ रहेकोमा अफर मूल्य ३५ हजार नौ सय ९९ रहेको छ । रेड्मी नोट १३ प्रो प्लस ५ जी(८/२५६ जीबी)को पुरानो मूल्य ४७ हजार नौ सय ९९ रहेकोमा अफर मूल्य ४४ हजार नौ सय ९९ रहेको छ भने (१२/५१२ जीबी)को पुरानो मूल्य ५२ हजार नौ सय ९९ रहेकोमा अफर मूल्य ४९ हजार नौ सय ९९रुपैयाँ मात्र रहेको छ । 

कम्पनीका अनुसार ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन-डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ । त्यसैगरी, रेड्मी नोट १३ प्रो इन-डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । रेड्मी नोट १३ प्रो प्लस ५ जिमा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको  हुँदा धुलो र पानीबाट पनि बचाउदछ र १२० वाटको चार्जर सहित ८+२५६ जिबी स्टोरेज र १२ जिबि+५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीका अनुसार यो चाडपर्व विशेष अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update