Aarthikaina
फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । नेपालको लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हप्ता चल्ने ‘फूडमान्डु डबल धमाका क्याम्पेन’ यस बडा दशैंमा झनै ठुलो हुने कम्पनीले जनाएको छ ।

बडा धमाका क्याम्पेनअन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५० प्रतिशतसम्मको छुट पाउन सक्ने छन् । यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन, ‘ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ । यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुट उपलब्ध गराउने लक्ष्य राखेका छौं । यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुको यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउने छ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ ।’

बडा धमाका क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ । ग्राहकहरुले अब परिवार र साथीभाईसँग, फुडमाण्डुको एप वा वेबसाइटबाट केही क्लिकमै दशैंको स्वाद आकर्षक मूल्यमा घरमै पाउन सक्ने छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update