Aarthikaina
स्काइवर्थको दशैं तिहारको बहार बम्परमा कार उपहार
Manakamana Cable Car

काठमाडौं । केएल दुगड ग्रुप अन्तर्गत नेपालका लागि स्काइवर्थ होम एप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेस प्रा.लि.ले यस चाडपर्वको अवसरलाई लक्षित गर्दै बम्पर उपहार सार्वजनिक गरेको छ । कम्पनीले यस वर्षको चाडपर्वलाई अझ रोमाञ्चक बनाउन ‘स्काइवर्थ सपना सा कार’ दशैं तिहारको बहार बम्परमा कार उपहार अफर ल्याएको हो ।

यो अफर अन्तर्गत  ग्राहकहरुले  बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्ने छन् र विभिन्न होम अप्लायन्सहरूमा ४० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् । साथै, हरेक हप्ता हुने लक्की ड्रका विजेताले माइक्रोवेभ  जित्न सक्ने छन् ।  यो दशैं तिहारको अफरमा अन्य थुप्रै पुरस्कारहरू पनि उपलब्ध छन् ।

स्काइवर्थ नेपालले नेपाली बजारमा टेलिभिजन, फ्रिज, वाशिंग मेसिन, एयर कन्डिसनर जस्ता उच्च गुणस्तरीय, अत्याधुनिक प्रविधिसहितका होम एप्लायन्सेसहरू उपलब्ध गराउँछ । उच्च गुणस्तर र अत्याधुनिक प्रविधिका लागि परिचित स्काईवर्थ उत्पादनहरूले  नेपालभरका उपभोक्ताहरूको विश्वास जित्न  सफल  भएका  छन् । यो अफर असोज १ गतेदेखि कार्तिक ३० सम्म लागू हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update