Aarthikaina
डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडको विजयी सुरुवात

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ । स्पेनिस क्लब रियलले मङ्गलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान १-१ गोल गरे भने स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काएका थिए ।

Manakamana Cable Car

यसै सिजनबाट रियलमा आबद्ध भएका एमबाप्पेले खेलको ४६औँ मिनेटमा रियललाई पहिलो अग्रता दिएका थिए । पहिलो हाफमा १-० को अग्रतामा रहेको रियलले दोस्रो हाफमा गोल खायो । स्टुडगार्डका लागि ६८औँ मिनेटमा जेमी लेवेलिंगको असिस्टमा अन्डाभले बराबरी गोल फर्काएका थिए ।

तर ८३औँ मिनेटमा रुडिगरले गोल गरेपछि रियलले दोस्रो पटक खेलमा अग्रता लियो । इन्जुरी समयमा एन्ड्रिकले गोल गर्दै रियलको जित निश्चित गरेका थिए।

च्याम्पियन्स लिगमा भएका अन्य खेलमा बायर्न म्युनिख, स्पोर्टिङ सिपी, युभेन्टस र एस्टन भिल्लाले विजयी पनि विजयी सुरुवात गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update