Aarthikaina
खल्तीबाट वर्ल्डलिंकको इन्टरनेट बिल तिर्दा नम्मीको इभी कार

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’बाट वर्ल्डलिंकको इन्टरनेट बिल भुक्तानी गर्दा नम्मीको इभी कार जित्न सकिने अफर सार्वजनिक भएको छ । खल्तीले आफ्नो खल्तीफुल दशैंको दोस्रो च्याप्टर अन्तर्गत खल्ती प्रयोगकर्ताहरूले वर्ल्डलिंकको बिल भुक्तानी गरी नम्मी ०१ इ ३ इभी कार जित्न सक्ने खल्तीले जनाएको छ । अफर असोज ३० देखि पुष १० सम्म चल्ने छ ।

यस्तै यही अफरमा प्रयोगकर्ताहरूले हरेक हप्ता सामसङको प्रोडक्ट जित्न सक्नेछन् भने बटका प्रोडक्टरूमा ५३ प्रतिशत सम्मको अनि सामसङका प्रडक्टहरूमा ३९ प्रतिशत सम्मको छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन । अफर नयाँ वर्ल्डलिंक सब्सक्रिप्सन् साथै नवीकरण दुबैका लागि लागू हुनेछ ।

Manakamana Cable Car

यस योजना अन्तरगत १ महिना देखि २४ महिना सम्मको इन्टरनेट प्याकेज भुक्तानीमा र्‍याफल टिकट (विशेष कुपन) पाइने व्यवस्था रहेको र सोही कुपन मार्फत प्रयोगकर्ताहरू लक्की ड्र का लागि छनोट हुनेछन । गत दशैंमा ‘खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्दा दुबई घुमौँ रमेर’ अफर रहेको थियो ।

खल्तीले आफ्नो ‘खल्ती फुल दशैं’ योजना अन्तरगत पहिलो च्याप्टरमा आन्तरिक फ्लाइट टिकट काट्दा थाइल्यान्ड घुम्ने अफर पनि घोषणा गरेको थियो ।  यसका साथै अझै धेरै आकर्षक खल्ती फुल च्याप्टरहरू आउन बाँकी रहेको खल्तीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update