Aarthikaina
वातावरण परिवर्तनसम्बन्धी तीनदिने अन्तर्राष्ट्रिय सेमिनार हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा तीनदिने अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकारसम्मेलन गरि जानकारी दिएको हो ।

तीन दिनसम्म हुने सेमिनारमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरू सहभागि हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए । कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असरसम्बन्धी विभिन्न प्रस्तुति हुने छ ।

Manakamana Cable Car

विभिन्न देशका विज्ञहरूको सहभागिता रहने कार्यक्रममा २५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत हुने छन् । कार्यक्रममा केही देशका विज्ञहरू पनि अनलाइनमार्फत् जोडिने छन् भने सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारि हुनेछ । स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझाहित रक्षार्थ तीनदिने कार्यक्रम कोषेढुङ्गा हुने अपेक्षा गरिएको संयोजक लम्सालले बताए ।

कार्यक्रमको उद्घाटनसत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भाद्र २८ गते हुनेछ भने भाद्र २९ र ३० गते प्राविधिक सत्रहरू सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा.प्रेमराज न्यौपानेले जानकारी दिए । सेमिनार नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र-त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसन्धान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुनेछ । 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २१:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update