Aarthikaina
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । टोखा नगरपालिका बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै एक जना पीडितबाट तीन लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update