Aarthikaina
बेको ब्राण्डद्वारा ‘ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक
Manakamana Cable Car

काठमाडौं । युरोपको टप ३ घरायसी उपकरण ब्राण्ड बेकोले दशैं तिहारमा ’ब्रिङ होम ह्याप्पिनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बेकोको घरायसी सामान खरिद गर्दा ४१ हजार चार सय रुपैयाँसम्मको आकर्षक छुटको साथै हात खाली नजाने उपहारहरु ल्याएको छ ।

बेकोको वाशिंग मेसिनको खरिदमा ६ के.जी. डिटरजेंट, डिसवासरको खरिदमा फोरचुन टयावलेट, साइड बाइ साइड रेफ्रीजेरेटर र सिंगल डोर रेफ्रीजेरेटरको खरिदमा आकर्षक छुट, डबल डोर रेफ्रीजेरेटरको खरिदमा भ्याकुम फ्लास्क, फ्री स्टनडिंग ओवेनको खरिदमा प्रेसर कुकर र ए.सि.को खरिदमा नि:शुल्क जडानको सुबिधा ल्याएको छ ।

बेको युरोपको नं.१ ब्राण्ड रहेको छ साथै बेको संसारभरि १४० भन्दा बढी देशमा आफ्नो उपकरणहरु बिक्री वितरण गर्दै आएको छ । नेपालमा चौधरी ग्रुपले बिगत केही वर्षदेखि नेपालको लागि आधिकारिक बिक्री तथा वितरण गरिरहेको बेकोको घरायसी समानहरुमा सय प्रतिशत पार्ट्स उपलब्ध गराउनुको साथै सर्विस ग्यारेन्टी पनि निश्चित गरेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update