Aarthikaina
नेपाल माइक्रो इन्स्योरेन्सको धितोपत्र निष्कासन प्रबन्धकमा एनआईएमबी 
Manakamana Cable Car

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त गरेको छ । इन्स्योरेन्सको जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ रकम बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरूप्रति अंकित मूल्य सय रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्न लागि सोमबार सम्झौता भएको हो ।

निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्कासन तथा बिक्री प्रबन्धकका महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । इन्स्योरेन्स कम्पनीले न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्यसाथ लघु निर्जीवन बीमासम्बन्धी कारोबार सञ्चालन गर्दै आएको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update