Aarthikaina
त्रिवेणी मोटोकर्पले भित्र्याएको कामा ब्रान्डका ईभीको बिक्री सुरु

काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रो बसको पनि बिक्री वितरण सुरु गरेको छ । कमर्सियल र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने इलेक्ट्रिक भ्यानको माग नेपालमा बढ्न थालेपछि पछिल्लो समय त्रिवेणी ग्रुपअन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याबडो∙ कामा अटोमोवाईल कम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपश्चात कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी बिक्री वितरण सुरु गरेको हो ।

स्याबडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक रहेको र यसका कम्पनीका उत्पादनहरु विश्वका ६० देशहरुमा बिक्री वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमता भएको पीक अप भ्यानको बिक्री वितरण सुरुगरेको छ ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

बिजुली गाडीको प्रवर्द्धनमार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्प प्रा.लि.ले लिएको जनाएको छ । ११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमश: ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने गर्दछ ।

कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सि.ए.टी.एल. व्याट्रिजडित रहेका छन् । कम्पनीले उक्त रेञ्जहरु ४० कि.मी. प्रतिघण्टाको गतीमा गाडी चलाएमा प्राप्त गर्न सकिने जनाएको छ भने बाटोको अवस्था, तापक्रमको आधार, चालकको ई.भी. संचालनको अनुभव तथा ट्राफिक अवस्थाका आधारमा त्रिवेणी मोटोकर्पले रेञ्ज परिक्षण गर्दा २५० कि.मि.को रेञ्ज सजिलै पाईने जनाएको छ ।

त्रिवेणी मोटोकर्पले बिक्री पछिको सेवालाई मध्यनजर गर्दै देशको विभिन्न स्थानमा सुविधा सम्पन्न सर्भिस सेन्टरको स्थापना गरिसकेको छ, साथै आवश्यक पार्टस्हरुको व्यवस्था पनि गरिसकेको जनाएको छ । यसबाट बिक्री पछिको सेवालाई सुचारु गर्न प्रशिक्षित तथा अनुभवी सर्भीस टिमको पनि व्यवस्था गरिसकेको हुनाले ग्राहकहरुले ढुक्कसँग कामा ब्रान्डका गाडी छनौट गर्न सक्नुहुनेछ भनी कम्पनीले जनाएको छ । कम्पनीले सर्भिस सम्बन्धी व्यवस्थाहरुको निरिक्षण तथा भ्रमण गर्न ग्राहकहरुसँग अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update