Aarthikaina
इसेवा प्रालिबाट बन्यो लिमिटेड, प्ले स्टोरमा उपलब्ध इसेवा एप

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्राइभेट लिमिटेडबाट लिमिटेड कम्पनी बनेको छ । गत बैशाख २८ गते नै कम्पनी लिमिटेड बनेको इसेवाले जानकारी गराएको छ ।

यसबीच कम्पनीले सोही नाम गुगल प्ले स्टोरमा समेत अपडेट गरेको छ । नयाँ नाम अपडेट गर्ने क्रममा इसेवा छोटो समयका लागि गुगल प्ले स्टोरमा उपलब्ध नभएको कम्पनीले जानकारी दिएको छ । अहिले सबै काम सकिएपछि एप फेरि प्लेस्टोरमा उपलब्ध भइसकेको कम्पनीले बताएको छ ।

Manakamana Cable Car

इसेवा स्थापना भएको बेला गुगल डेभलपर अकाउन्ट बनाउँदा कम्पनी प्रालि थियो । कम्पनी लिमिटेडमा रूपान्तरण भएपछि इसेवाको बिजनेस भेरिफिकेसन गर्न समय लागेको कम्पनीले जनाएको छ । गुगलले बिजनेस तथा संस्था भेरिफाइ गर्न डुन्स (डीयूएनएस) नम्बर प्रयोग गर्छ, जुन डुन एन्ड ब्राडस्ट्रिट नामक अमेरिकन कम्पनीले उपलब्ध गराउँछ ।

नाम परिवर्तन प्रक्रिया भइरहँदा गुगलको सिस्टममा भएको र डुन्स नम्बरमा भएको विवरण भिन्न देखिएकोले गुगलले प्ले स्टोरमा अस्थाई समयको लागि उपलब्ध नगराएको इसेवाले जनाएको छ । अहिले सो प्रक्रिया पूरा भइसकेकोले इसेवा पुन: प्ले स्टोरमा उपलब्ध भइसेकेको कम्पनीले जनाएको छ । यो सामान्य प्रक्रिया भएको र अन्य कुनै समस्या नरहेको इसेवाले प्रष्ट्याएको छ । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update