Aarthikaina
कोकिनसहित विमानस्थलबाट विदेशी नागरिक पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । छ किलो २४ ग्राम अवैध लागूऔषध कोकिनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् । कतार एयरवेजको उडानद्वारा नेपाल आएका लाटभियाका नागरिक इभ्रस भलटेर्सलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको आगमन कक्षबाट लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुटकेसभित्र लुकाई राखेको उक्त परिणामको कोकिनसहित लाटभियाका नागरिकलाई पक्राउ गरिएको हो । प्रहरीले बुधबार पक्राउ परेका निजमाथि लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update