Aarthikaina
बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । पाँचथर घर भई भक्तपुर सुर्यविनायक नगरपालिका बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वर पेरिसडाँडाबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  २२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update