Aarthikaina
चेम्बरका निवर्तमान अध्यक्ष मल्ल सम्मानित 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल लायन्स क्लव इन्टरनेशनलद्वारा सम्मानित भएका छन् । ललितपुरमा आयोजित एक कार्यक्रममा क्लबले मल्ललाई कर्पोरेट सोसियल अवार्डबाट सम्मान गरेको हो । 

व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको लायन्स इन्टरनेशनले जनाएको छ । उद्योग वाण्ज्यि महासंघका अध्यक्ष चन्द्र ढकाल एवं लायन्स इन्टरनेशनलका पदाधिकारीले मल्ललाई संयुक्तरुपमा सम्मान गरेका हुन् ।

Berger Paints Nepal
City Express - Money Transfer
Manakamana Cable Car

अध्यक्ष मल्लले कर्पोरेटसंगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । लायन्स इन्टरनेशनलद्धारा सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए । लायन्स जस्ता संस्थाले जलवायु परिवर्तनविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाई छ ।

मल्लले भने, ‘जलवायु परिवर्तनको असर नेपालमा पनि परिरहेको छ । लायन्स जस्ता संस्थाको संगठन वृहत छ, यसलाई जलवायु परिवर्तन विरुद्धको गतिविधिमा संलग्न गराउन आवश्यक छ ।’ लायन्स इन्टरनेशनले अध्यक्ष मल्लसहित कला र खेलकुद एवं शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सम्मान गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update