Aarthikaina
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीण 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाख १४ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा पाँच हजार पाँच सय ४२ विद्यालयका नियमिततर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए । 

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् । परीक्षामा नियमिततर्फ तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थी सहभागी थिए । जसमध्ये दुई लाख तीन हजार आठ सय ४७ जना उत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

Manakamana Cable Car

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update