Aarthikaina
भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै प्राथमिकता दिनुपर्छ: खेलकुदमन्त्री चौधरी 
Manakamana Cable Car

काठमाडौं । युवा  तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भलिबल खेललाई विद्यालयको प्राथमिक तहदेखि नै सरकारले प्राथमकितामा राख्‍ने बताएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरू भएको काभा नेशनल वुमन्स लिगको सम्बोधन गर्दै मन्त्री चौधरीले भलिबल खेललाई प्राथमिक तहदेखि नै प्राथमिकता दिने बताएका हुन् ।

उनले भने, ‘अब देशभरका विद्यालयको प्राथमिक तहदेखि नै खेलकुदलाई प्राथमिकता दिनुपर्छ भन्ने मेरो बुझाइ छ ।’ उनले यसका लागि आफू स्वास्थ्य र शिक्षा मन्त्रालयसँग पहल गरिरहेको समेत बताए । उनले भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न बनाउन पहल गर्ने बताए ।  ‘मैले सुनेको छु, देशभरको भलिबल खेलका लागि संरचना, भौतिक पूर्वाधार स्थानीय, प्रदेश र संघमा सुविधा सम्पन्न छैन । तर, यी सबै क्षेत्रमा खेलका लागि भौतिक संरचना हुनुपर्छ । म यसका लागि पहल गरिरहेको छु’, उनले भने ।

भलिबल संघलाई यसमा सहकार्य र समन्वय गर्न पनि मन्त्री चौधरीले आग्रह गरे । उनले भने, ‘भलिबल राष्ट्रिय खेल भएकाले संघ, प्रदेश र स्थानीय तहमा भलिबल कोर्ट बनाउने, खेलाडी उत्पादन गर्नेबारे भलिबल संघका पदाधिकारीहरूसँग समन्वय गरिरहेको  छु ।’

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update