Aarthikaina
अन्तर्राष्ट्रिय उसुमा १३ स्वर्ण र ९ रजतसहित नेपाल दोस्रो भई फर्कियो स्वदेश

काठमाडौं । छैठौँ सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनसिप (फेस्टिवल)मा १३ स्वर्ण र ९ रजतसहित नेपाली टिम दोस्रो भएको छ । दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । 

प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाको टोली सिंगापुर गएको थियो । च्याम्पियनसिपमा थापाले उत्कृष्ट प्रशिक्षकको पुरस्कार प्राप्त गरेका छन् । खेलाडीहरुलाई बाधाई दिदैँ धमलाले खेलाडीहरुको उच्च प्रर्दशनले नेपालीको शान बढेको बताए ।

Manakamana Cable Car

विभिन्न विधामा खेलाडीहरु अलिस मारिकले ३ र हिमांशु खड्काले २ वटा स्वर्ण ल्याएका छन भने सफल पाठक, भावेश खड्का, समिर बस्नेत, रिदम गोलेले १/१ वटा स्वर्ण पदक प्राप्त गरेका छन् । यस्तै, वविता थापामगरले २, अपेक्षा लामा र यान्चेन्ला इलावाले एक/एक स्वर्ण प्राप्त गरेको प्रशिक्षक विशाल थापाले जानकारी दिए ।

यस्तै, सफल पाठक, समिर बस्नेत, रिदम गोलेले १/१ रजत पदक प्राप्त गर्न सफल भएका हुन । सेरिना पराजुली र फुर्पीग्याल्मो तामाङले २/२ तथा यान्चेन्ला इलावा र ग्रुप इभेन्टमा १/१ रजत पदक प्राप्त भएको उसु महासंघका महासचिव नवराज ढुंगानाले जनाकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  २२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update