Aarthikaina
विश्व तेकान्दोमा प्रेम लिम्बुले हात पारे रजत पदक

काठमाडौं । दक्षिण एशियाली खेलकुद सागका कास्य पदक बिजेता प्रेम बहादुर लिम्बुले विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगितामा रजत पदक जित्न सफल भएका छन । दक्षिण कोरियाको मुङयीयोङमा भएको प्रतियोगितामा लिम्बुले व्यक्तिगत पुम्से विधामा रजत पदक जित्न सफल भएको युएईमा रहेर तेक्वान्दो प्रशिक्षण गराईरहेका तेक्वान्दो प्रशिक्षक जगन अधिकारीले कोरियाबाट जानकारी गराएका हुन् । 

प्रशिक्षक अधिकारीका अनुसार लिम्बुले पहिलो खेलमा युएसएका माइकललाई ८-७ अंकले पछि पार्दै जित आत्मासाथ गरेका थिए । दोस्रो खेलमा कोरियाका ट्याइलरलाई ८.१६६-७.६८३ अंकले हराउँदै क्वाटर फाईनल प्रवेश गरेका लिम्बु क्वाटर फाईनलमा एलेक्सिसलाई ७.७४९-७.१४९ अंकले हराउँदै सेमिफाइनल प्रवेश गरेका थिए । सेमिफाइनलमा जोवनलाई ७.९६६-७.७६६ अंकले हराउँदै फाइनलसम्म पुगेका लिम्बु फाइनलमा मेक्सिकोका खेलाडी योन सियोकसंग ७.८९९-८.०९९ को झिनो अंकले पछि पर्दै रजत पदक मै चित्त बुझाउन बाध्य भए ।

Manakamana Cable Car

५५ राष्ट्रका ४५ सय खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता २६ जुलाईदेखि सुरु भई आज ३० जुलाईसम्म चलेको थियो । यसअघि लिम्बुले दक्षिण कोरियाको सङनाममा सम्पन्न खुला अन्तर्राष्ट्रिय सङनाम तेक्वान्दो प्रतियोगिता २०२४ मा पनि रजत पदक जितेका थिए ।

नेपालका लागि कोरियन प्रशिक्षक योङदल क्वानको प्रत्यक्ष निगरानिमा खेलीरहेका प्रेमले विभिन्न अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाएर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय १ दर्जनभन्दा धेरै पदकहरु जितेका छन् । प्रेमले रेफ्रि तथा प्रशिक्षकको तालिमहरु समेत लिएका छन ।

२०७३ देखि नेपाल पुलिस क्लबमा आवद्ध भएर तेक्वान्दो खेल्दै आएका उनले ८औँ, ९औँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक, १९औँ एसियन गेममा, ५औँ एसियाली तेक्वान्दो हनमाडाङ च्याम्पियनसिप इन्डोनेसियामा कास्य पदक, माफिया अन्तर्राष्ट्रिय च्याम्पियनसिप थाइल्याण्डमा स्वर्ण पदक, शिनसुङ विश्वविद्यालय दक्षिण कोरियामा स्वर्ण पदक र ११औँ सेङनाम अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितिसकेका छन ।

२०२६ मा हुन लागेको २०औँ एसियन गेमको लागि बन्द प्रशिक्षणमा रहेर त्यसको लागि तयारी गरिरहेका लिम्बु प्रतियोगिता सम्पन्नपश्चात अगष्ट ३ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update