Aarthikaina
क्लाइम्बिङ संघकाे नेतृत्वमा पौडेल चयन

काठमाडौं । नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएसनको अध्यक्षमा रमेशकुमार पौडेल चयन भएका छन् । संघको पूर्ण बैठकले अध्यक्ष हरिप्रसाद धरेलले दिएको राजीनामा स्वीकृत गरी वरिष्ठ उपाध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरेको हो । बैठकले निवर्तमान अध्यक्ष धरेललाई सम्मानसहित बिदाइ गरेको छ ।

पौडेल नेपाल खेलकुद महासंघका पूर्व अध्यक्ष समेत हुन् । उनी यसअघि संघको वरिष्ठ उपाध्यक्षको रूपमा रहेका थिए । संघको नेतृत्वमा चयन भएपछि पौडेलले क्लाईम्बिङ खेललाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्वता जनाएका थिए । 

Manakamana Cable Car

नेकपा एमालेकाे युवा संघ नेपालकाे नेतृत्व गरिसकेका पाैडेलले छाेटाे समयमा खेलकुदकाे राजनीतिमा समेत आफुलाई स्थाापित गरेका छन् । त्यसैगरी संघको प्राविधिक टिमलाई संयोजन र समन्वयको जिम्मेवारी उपाध्यक्ष सुनारबहादुर गुरुङलाई दिइएको छ । 

संघमा देखिएको सम्पूर्ण समस्या निराकरण गरी सातै प्रदेशको साधरणसभा गर्न अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिइएको छ ।आगामी साउन २७ गते यससम्बन्धी बृहत् कार्यक्रम गर्ने निर्णय गरिएको संघले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update