Aarthikaina
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
Manakamana Cable Car

काठमाडौं । नेपाली टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित भएका छन् । उनी सेनेगलका इब्राहिम डिएवसँग ४-० ले पराजित भएका हुन् । पहिलो सेटमा टक्कर दिएपछि उनी १०-१२ ले पराजित भए । त्यसपछि उनी खेलमा फर्किन सकेनन् र ३-११, ४-११ र ५-११ ले पराजित भएका थिए ।

योसँगै उनी अन्तिम ६४ मा पुग्न असफल भएका छन् । गत जेठ दुई गते लैनचौरस्थित टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै स्यान्टुले ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

स्यान्टु छनोटचरण पार गरेर पेरिस ओलम्पिक २०२४ खेल्ने एकमात्र नेपाली खेलाडी हुन् । समग्रमा भने उनी छनोटचरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि संगिना वैद्य र दीपक विष्टले छनोट चरण पार गरेर ओलम्पिक खेलेक थिए । नेपाली टेबल टेनिस इतिहासमा भने ओलम्पिकमा छनोट हुने उनी पहिलो खेलाडी हुन् ।

प्रकाशित मिति: शनिबार, साउन १२, २०८१  २३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update